Logo
Logo

बन्धकहरू रिहा नगरे एक जनापनि बाँकी नराख्ने हमासलाई ट्रम्पको चेतावनी


1.8k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको तत्काल रिहाई नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू रिहा गरिएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन् । उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन् ।’

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो । तर उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदै छन् भनेर स्पष्ट पारेका छैनन् ।

उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो।’ ‘यो तपाईंहरूलाईं अन्तिम चेतावनी हो नेतृत्वका लागि । गाजा छाड्ने समय आएको छ,’ उनले भनेका छन् ।

हमास र इजरायलबीच गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण फागुन १७ (मार्च १) मै सकिएको छ । अमेरिकी प्रस्तावमा इजरायलले युद्धविरामको अवधि ६ हप्ता थप गरे पनि हमासले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्