Logo
Logo

अवैध २० किलो चाँदीसहित पाँच जना पक्राउ


945
Shares

काठमाडौं । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौंबाट पाँचजना पक्राउ परेका छन् । चाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरको नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साह रहेका छन् ।

उनीहरूका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका ६ थान मोबाइल बरादम गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्