Logo
Logo

धुम्बाराहीमा इभी बसमा आगलागी


819
Shares

काठमाडौं । धुम्बाराहीमा चक्रपथ परिक्रमा रुटमा चल्ने इभी बसमा आगलागी भएको छ । प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले आज बिहान बसमा आगलागी भएको जानकारी दिए । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

बसमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्