Logo
Logo

६ जिल्लाका सीडीओ हेरफेर, को-कहाँ ? (सूचीसहित)


4.3k
Shares

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै ६ प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो । जसमा बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।

बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्