
काठमाडौं । दाङको कपुरकोट गाउँपालिकाको सल्यान कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले राजीनामा दिएका छन् । विद्यालयमा अध्ययनरत एक छात्रालाई अश्लील म्यासेज पठाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।
एक छात्राले आफूलाई प्रधानाध्यापक केसीले अश्लील म्यासेज पठाएको भनेर गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन् । न्यायिक समितिमा उजुरी परेपछि प्रधानाध्यापक केसीले राजीनामा दिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर पुनले जानकारी दिए ।
अध्यक्ष पुनले छात्रालाई प्रधानाध्यापक केसीले पठाएको म्यासेज दुईअर्थी रहेको पाइएपछि विद्यालयलाई निलम्बनको पत्र पठाएको र उनले राजीनामा दिएको बताए ।