Logo
Logo

प्रचण्ड भन्छन्- फेरि राजा फर्किन सम्भव नै छैन


819
Shares

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाएपनि त्यो सम्भव नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले भने, ‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मूर्खता नै भन्छु । अब अहिले पनि फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् ।’

‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’अन्तर्गत शनिबार बिहान रौतहटको गरुडा पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए ।

‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’ उनले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’ प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती दिए ।

शुक्रबार राति रौतहट आएका प्रचण्डको आज रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्