Logo
Logo

चार सयको कम्बल १२ सयमा खरिद गरेर भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असार ।
रौतहटको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
गौरस्थित गिरधारी कुमार अग्रवालको पसलबाट चार सय रुपैयाँ प्रतिथान मूल्य पर्ने कम्बललाई करिब रु. १,२००।– प्रतिथानमा खरिद गरिएको आयोगले जनाएको छ । नगरपालिाले चार सय आठ थान कम्बल खरिद गरेको थियो ।


रौतहटबाट ४०८ (चारसय आठ) थान कम्बल खरिद गर्दा लागत अनुमान तयार र स्वीकृत नगरी न्यु बजरंग इम्पोरियम, गौर( १ रौतहटबाट कम्बल ल्याई वितरण गरी पछि कागजात मिलाउने क्रममा दररेट माग गरेको देखाई सम्बन्धित फर्मबाट खाली दररेट पेश गर्न लगाई दररेट उल्लेख नभएको अवस्थामै टिप्पणी उठाई फर्महरुमध्ये न्यु बजरंगी इम्पोरियम गौर(१ रौतहटले सबैभन्दा कम दररेट पेश गरेको भनी टिप्पणी स्वीकृत गरी न्यु बजरंग इम्पोरियमको बिल अनुसार निर्णयमा संलग्न गरी भुक्तानी गरेको पाइएकोले बदनियतपूर्वक मिलेमतो गरी बढी मूल्यका दरले ४०८ थान कम्बल खरिद गर्दा . १,१५,८७२।– (एक लाख पन्ध्र हजार आठसय बहत्तर) सरकारी रकम हानिनोक्सानी गर्ने कार्यमा संलग्न राजदेवी नगरपालिका, रौतहटका देहायका कर्मचारी एवं पदाधिकारीहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्