काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य नगरे कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न नसक्ने टिप्पणी गरेका छन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सभापतिसहित पार्टी पदाधिकारीहरूसँगको असहमति आफूले राख्दै आएको भन्दै भने, ‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ । यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक ।’
उनले अघि भने, ‘त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’
कांग्रेस अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै भएको भन्दै नेता कोइरालाले भने, ‘अहिले हामी सत्तापक्ष हौं, तर सरकारमा छैनौं । भोलि हाम्रो प्रतिस्पर्धी एमाले नै हो । त्यसैले सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहुन्छ ।’
उनले सरकार सञ्चालन गर्न संयन्त्र गठन गर्नु भनेको कांग्रेसले आफ्नो वैचारिक भावलाई समाप्त पार्नु भएको टिप्पणी गरे । नेता कोइरालाले सरकारले गरेको गलत कामको विरोध कांग्रेसले गर्न सक्नुपर्ने बताए ।
उनले २०८२ को चैत मसान्तभित्र १५औं महाधिवेशन भइसक्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेखेर पार्टी नेतृत्वमाथि दबाब दिन निर्देशन दिए ।