काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गरेका छन् ।

सुरेन्द्र नारायण यादवले भने व्यक्तिगत रिसिइबीका कारण पार्टी अध्यक्ष राउतले आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै आज उनलाई पार्टीबाट निलम्बन गरेका हुन् ।
स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए ।
