Logo
Logo

गर्न पर्ने अनेक काम छाडेर सरकार कुलमान घिसिङलाई किचकिच गरेर गलत गर्दैछ : गगन थापा


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको आरोप लगाएका छन् ।

शनिबार सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले कुलमानलाई किचकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।

‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । कि राम्रो गर्नुस्, राम्रो नसके कम्तीमा नरोम्रो काम नगर्नुस्’, उनले भने । तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।

उनले अघि भने, ‘ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ । त्यसका प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण हामी सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि बेढंग हो । ती व्यक्ति ३, ४ महिनापछि सेवा निवृत्त हुँदैछन् । सेवा निवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने । तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ । किचकिच किचकिच गरिरहेको देखिन्छ । यस्तो ठीक हुँदैन । उपयुक्त हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्