Logo
Logo

झापामा फरार अधिकृत काठमाडौंमा समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २१ असार ।

बिदेशी नागरिकलाई नेपाली नागरिकता र पासपोर्ट बनाइदिएको अपराधमा फरार रहेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकिय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनलाई आइतबार भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।


उनीविरुद्ध अदालतले समेत वारेन्ट जारी गरेको थियो । पाँच वर्षदेखि फरार रहेका आचार्यलाई इन्सपेक्टर साकारराज पन्तको टोलीले पक्राउ गरेको हो । उनलाई अदालतमा बुझाएको झापा प्रहरीले जनाएको छ । आर्थिक प्रलोभनमा परी उनी लगायत कर्मचारीले नागरिकता र पासपोर्ट बनाइदिएको प्रहरी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्