Logo
Logo

पूर्वराजाको स्वागतमा आज शक्ति प्रदर्शन, सुरक्षाकर्मीको ‘हाईअलर्ट’


3.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।

गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण तथा पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेर पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन् ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज दिउँसो १ बजे पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी टेक तामाङले विशेष रणनीति बनाएर सुरक्षाकर्मीहरुलmाई हाई एलर्टमा राखिएको बताए ।

उनका अनुसार आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यस्तै बिहानैदेखि काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली पनि परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्