Logo
Logo

ज्ञानेन्द्र शाहको काठमाडौं ‘इन्ट्री’, बालुवाटारमा छटपटी


7.1k
Shares

काठमाडौं । एक महिना लामो पोखरा भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आाज काठामाडौं आउँदैछन् । उनी दिउँसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने भएपछि राप्रपाले उनको स्वागतमा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

पूर्वराजा शाहलाई राजधानीमा स्वागत गर्ने राप्रपाको निर्णयले बालुवाटारमा भने छटपटी भएको देखिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ०६२/६३ को जनआन्दोलनको तस्बिर सेयर गर्दै पूर्वराजा र उनको स्वागतमा खटिएको राप्रपाप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले शाह वंशको अढाइ सय वर्षसम्मको चकचकी र लुटलाई बिर्सिए पनि २०४६ साल अगाडि बोल्ने अधिकार नभएको अवस्थाको सम्झना गर्दै राजालाई स्वागत गर्ने कुराको विरोध गरेका हुन् ।

यिनै ज्ञानेन्द्रले दाजुको वंश खरानी बन्दा केही गर्न नसकेको र उनैलाई स्वागत गर्छु भन्ने पाखण्ड भएको उनको टिप्पणी छ । राजसंस्था र पूर्वराजालाई स्वागत गर्ने विषयको चर्को विरोध गर्दै रिमालले फेसबुकमा लेखेका छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ नि– ‘फर्गिभ–वट नट फर्गेट ।’ रिमालले राजालाई माफ दिएको तर उनले गरेको काम नबिर्सिएको बताएका हुन् ।

उनले अगाडि लेखेको छन्, ‘यिनीहरू नै थिए त ! अढ़ाइ सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म ‘हाम्रा मुख थुन्ने, यहॉबाट त्यहॉ’ जान नदिने जस्ता ‘राम–राज्या’ संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई ‘पुरानो’कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिंगो वंशलाई ‘नीहरूद्वारा–उनीहरूका लागि उनीहरूले नै’ खरानी बनाएका हैनन् र ?’

ज्ञानेन्द्रको स्वागतमा एयरपोर्ट जाऔँ भन्ने अनुहारप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं– स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको ‘गोल्डेन डेज’आयो भन्दै ती‘डेज’मा ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र !’

वंश परम्पराको पर्दाफास गर्नसमेत अनुरोध गर्दै उनले भनेका छन्, ‘रक्त शुद्धता र वंश–परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं ।’

प्रतिक्रिया दिनुहोस्