
काठमाडौं । काठमाडौंको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौँको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगरलाई पक्राउ गरेको हो ।
चोरी भएको वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरसहित शनिस श्रेष्ठलाई तार्केश्वर नगरपालिका–१० घलेपुलबाट र बा ९२ प ९३९५ भएको अर्को स्कुटरसहित सुशान्त बुढा मगरलाई मनमैजुबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक दीपक गिरीकाा अनुसार नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।