काठमाडौं । करिब साता पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कँदैछन् । उनलाई स्वागत गर्न राजावादीहरुले धूमधाम तयारी गरेका छन् ।
खाशगरी, ‘राजावादी’का रुपमा चिनिएका राप्रपा, राप्रपा नेपालसहितका केही राजनीतिक दल र संघसंस्थाहरुले पूर्वराजाको स्वागत तथा समर्थनमा काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित प्रदर्शन गर्दैछन् ।

सु्दुरपश्चिमका विभिन्न स्थानको भ्रमणपछि पूर्वराजा शाह एक सादेखि पोखरामा थिएन । उनी आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदैछन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने भएका छन् ।
पूर्वराजा शाह विमानस्थलबाट सिधै महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । उनलाई पु¥याउन राजावादीहरु ¥यालीसहित निर्मलनिवाससम्म पुग्ने कार्यक्रम रहेको छ ।
पूर्वराजालाई स्वागत गर्न राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । राप्रपाका एक नेताका अनुसार काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत आफ्ना कार्यकर्ताहरुलाई बोलाइएको छ । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवं पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
साथै, राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।
राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको ¥याली तिनकुनेमा जम्मा हुनेछ । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
यस्तै, गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।
अन्य समूहले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि ¥याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पु¥याउन जानेछन् ।
राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न काठमाडौंमा एघार सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।