काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कँदैछन् । राजावादीहरुले उनको स्वागतको भव्य तयारी गरेका छन् ।
पूर्वराजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपालगाययतका केही राजनीतिक दल र संघसंस्थाले ¥याली तथा प्रदर्शन गर्दैछन् । पूर्वराजा शाह आज दिउँसो ३ बजे हवाई मार्ग हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाहको स्वागतमा हुने राजावादीको प्रदर्शन र जुलुसले गर्दा आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त हुने भएको छ ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार दिउँसो १२ बजेपछि उक्त रुटमा सवारी सवारी साधन प्रवेशमा रोक लगाइने छ । यस्तै, तीनकुनेबाट गौशाला जानुपर्ने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ डाइभर्ट गरिने सम्भावना छ ।
यस्तै, चावहिल–जोरपाटी जाने सवारी साधनलाई पेप्सीकोला, काडाघारी हुँदै डाइभर्ट गर्ने सकिने उनले बताए । त्यसबेलाको अवस्था हेरेर कताबाट गाडीहरू पठाउने भन्ने हुन्छ, तीनकुने–गौशालाको बाटो चलाउनचाहिँ गाह्रो पर्ने उनले बताए ।











