Logo
Logo

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेताको मृत्यु


2k
Shares

काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको हो ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि जीपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्