Logo
Logo

देउवाको स्वागतका लागि धनगढीमा राखेका झन्डा अखिल क्रान्तिकारी-रास्वपाका नेताले हटाए


3.8k
Shares

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा नेविसंघका विद्यार्थीहरुले लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा राखेको झण्डा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायतले हटाएका हुन् ।

तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्