Logo
Logo

जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी, उपाध्यक्षले गरे बहिष्कार


1.5k
Shares

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् । महोत्तरीको बर्दिबासमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष साहले बहिष्कार गरेका हुन् ।

स्रोतका अनुसार उपाध्यक्ष साहलाई पार्टी डा.सिके राउतले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट थिए र त्यही असन्तुष्टिका कारण बैठक बहिष्कार गरेका हुन् ।

अध्यक्ष राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो । शनिवार पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पनि सात दिनको स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरिएको छ । कोषाध्यक्ष यादवले अध्यक्ष राउतसँग हिसाब किताब मागेका कारण आफू कारबाहीमा परेको गुनासो गरेका छन् ।

त्यस्तै, पार्टीले अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साहलाई पनि पदबाट हटाएको छ । यसअघि कैलाश महतो, जासर यादव, डा.रवीन्द्र यादव जस्ता नेताहरूलाई समेत राउतले पार्टीबाट निष्कासन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्