काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए ।

उनका अनुसार सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेकाले बैठक सारिएको हो । बैठक सोमबार बिहान ८ बजे बस्ने उनले बताए । बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
उनले अहिले पार्टीको जागरण अभियान मधेसकेन्द्रित रहेको बताउँदै भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएको छ । बैठकमा त्यसबारे पनि समीक्षा हुनेछ ।’ उनले केही दिनका लागि अभियान स्थगित गरिएको बताए ।














