काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

पूर्वराजा शाह आइतबार ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि आइतबार लिङ्देनसहितका नेताहरु तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् । राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौँको सवारी आवागमन प्रभावित भएको छ ।
प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजयबहादुर राउतले बताए ।














