Logo
Logo

सरकारी लेटरहेडमै पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन गरेका बास्तोलालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


12.3k
Shares

काठमाडौँ । पर्यटन प्रवर्द्धक कार्यालयको लेटर हेडमा पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गरेका रमेशराज बास्तोलालाई सरकारले स्पष्टीकरण सोधेको छ ।

पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै रमेशराज बास्तोलाको पत्र

प्रतिक्रिया दिनुहोस्