Logo
Logo

सरकारलाई बास्तोलाको स्पष्टीकरण- म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख


40.5k
Shares

काठमाडौँ । पर्यटन प्रवर्द्धक कार्यालयको लेटर हेडमा पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गरेका पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।

आइतबार मन्त्रालयले सोधेको स्पष्टीकरणपछि बास्तोलाले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् । फेसबुकबाट नै सरकारलाई दिएको उनको स्पष्टीकरणमा लेखिएको छ, ‘देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख । जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन । मेरो स्पष्टीकरण यही हो ।’

उनले आफूले पर्यटन प्रवर्द्धक भएबापत कुनै पनि सुविधा नलिएको बरु आफैले थुप्रै खर्च गरेर काम गर्नुपरेको पनि उनको स्पष्टीकरणमा उल्लेख छ । ‘यो पद लिएबापत मैले सरकारको १ रुपैयाँ लिएको पनि छैन। कुनै एक रुपैयाँ लाभ लिएको पनि छैन। बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनाएर हुन्छ कि एयरपोर्टमा चर्को लगेजको मूल्य तिरेर पोस्टर ल्याएर हुन्छ, प्रचार गरेको छु।’

प्रतिक्रिया दिनुहोस्