
काठमाडौं । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन-२०८१’ हुँदैछ ।
सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने छन् । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरु गरी ६० जनाको सहभागिता रहनेछ ।
सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ । यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।














