Logo
Logo

ज्ञानेन्द्र शाहीको दाबीः प्रधानमन्त्री र विष्णु रिमालको निर्देशनमा आदित्यनाथको फोटो राखेको पाइयो


2.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजो भएको राजावदीको प्रदर्शनमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्रीको निर्देशनमा राखिएको आरोप लगाएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे ? आन्दोलन कहाँ छ भन्नेकुरा कसरी थाहा भयो ?,’ शाहीले भने,’ यो सबै उनीहरूको डिजाइन हो । आफै लगाएर खिचे अनि राखे ।’

साथै उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन् ।

‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,’ उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ! माक्स, लेलिन, माओ कुन देशका हुन् ?’

प्रतिक्रिया दिनुहोस्