Logo
Logo

इजरायलद्वारा गाजामा विद्युत आपूर्ति बन्द, पानी पनि रोक्ने तयारी


1.1k
Shares

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा तत्कालका लागि बिजुली आपूर्ति बन्द गरेको छ । बाँकी ५९ बन्धकहरूको रिहाइको लागि हमासमाथि दबाब दिन यो कदम चालिएको इजरायलले जनाएको छ ।

बीबीसीका अनुसार इजरायलका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताएका छन् । ‘मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु’ एली कोहेनको भनाइ उदृत लेखेको छ, ‘हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं ।’

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले पानी आपूर्ति बन्द गर्नेबारेमा पनि सोचिरहेको बताए ।

इजरायलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ । तर, हमास भने युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्