
काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । आइतबार माछा मार्न गएका उनी भीरबाट लडेर घाइते भएका थिए ।
घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै परिवार र आफन्तलाई फोन गरेका थिए । त्यसपछि परिवार र आफन्तले प्रहरीलाई तत्काल उद्धार गर्न भन्दै खबर पठाए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले साझ ७ः२० बजे प्रहरीलाई खबर आएको बताए । उनका अनुसार प्रहरी घटनास्थलमा पुग्दा साढे १० बजिसकेको थियो ।
प्रहरीलाई सम्पर्क गरेको तीन घण्टापछि प्रहरी घटनास्थलमा त पुग्यो तर, पुसेको उद्धार भने हुन सकेन । त्यो बेलासम्म उनको मृत्यु भइसको थियो । बिकट क्षेत्र, त्यसमाथि अफ्ठ्यारो भीर भएको हुँदा पुसेका आफन्त र प
्रहरी कोही पनि समयमै त्यहाँ पुग्न सकेनन् ।
घटनास्थलमा समयमा कोही नपुग्दा र समयमा उद्धार नहुँदा उनको मृत्यु भएको इन्स्पेक्टर चौधरीले जानकारी दिए । अहिले शव निकाल्ने प्रयास भइरहेको उनले बताए ।