Logo
Logo

होला त बैंककमा ओली-मोदी भेट ?


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाने भएका छन् ।

चैत १९ र २० (अप्रिल २ र ३) मा थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ ।

बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री जाने तय भए पनि नेपालका तर्फबाट राख्ने एजेण्डाहरू भने तय भइसकेका छैनन् । आइतबार बसेको ८ वटा सरोकारवाला मन्त्रालयका अधिकारीहरूबीच भएको बैठकले एक साताभित्र एजेण्डा तय गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ । दुई प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरिसकेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्