Logo
Logo

न्यायाधीशले विवेकपूर्ण तरिकाले न्याय हुनेगरी निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश


504
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुनेगरी काम गर्नुपर्ने बताएका छन् । आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

‘महिला न्यायाधीशको उपस्थितिमा गौरव गरिरहँदा न्यायको स्वच्छता, विवेकपूर्ण निर्णय जरूरी छ’, उनले भने, ‘न्यायको उपभोक्तालाई न्यायपर्ने गरी, न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्न जरूरी छ ।’

उनले महिला न्यायाधीशलाई घर, परिवार, न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा निसन्देह सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्