Logo
Logo

पूर्वराजालाई जनताले अनुमोदन गरेको कमल थापाको निष्कर्ष


1.1k
Shares

काठमाडौँ । राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ ।

फाइल तस्बिर

सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते सहयोगका निम्ति गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको हो ।

बैठकपछि महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखापरेको वृहत जनप्रदर्शन भएको पार्टीको ठहर छ । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट सङ्केत गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्