Logo
Logo

शाहीलाई रिमालको जवाफ- यस्ता नालायकसँग सवाल-जवाफ गर्नुछैन


7k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही जस्ता नालायकहरूसँग सवाल-जवाफ नगर्ने बताएका छन् ।

शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको आरोप लगाएपछि रिमालले शाहीलाई नालायक भनेका हुन् ।

शाहीले पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले शाही जस्ता नालायकहरूसँग सवाल-जवाफ नगर्ने बताएका हुन् ।

‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल/जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!’, उनले भनेका छन् ।

शाहीले आज सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्