Logo
Logo

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि लगाइयो निषेधाज्ञा


4.2k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिप्रका काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्