Logo
Logo

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ


1.1k
Shares

एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवता विरोधी अपराधको आरोपमा मंगलबार ७९ वर्षीय दुतेर्तेलाई मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए ।

यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो । यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्