
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एन्फाकाा पूर्वअध्यक्ष गणेश थापाले महासचिव राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेका हुन् ।
थापाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६(१)ले निषेधित र सोही दफा (२) (क) विपरीतको कसुर गरेको जिकिरसहित दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्च समेत भर्न मागदाबी गरेका छन् ।
अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्तो आधारहीन आरोप राईले आफूलाई लगाएर चरित्र हत्या गरेको थापाको जिकिर छ ।