Logo
Logo

ओलीले नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो : प्रचण्ड


2.1k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी गंगामा धुएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।

उनले भने, ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो । हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’

प्रचण्डले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले नचलाएको भन्दै त्यो घोडा बिचौलियाले चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्