
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन् ।
गएराति चन्द्रागिरि नगरपालिका–७ घर भएका ३५ वर्षीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका छन् ।
अनुहार लगायत शरीरको भाग जलेको कार्कीको स्वास्थ्य अवस्था भने सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले जानकारी दिए ।
कार्कीले फेसबुक लाइभमा स्थानीय एक युवतीले आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुव्र्यवहार नगरेपनि लगातार उजुरी गरेर तनाव दिएका कारण आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई पटक–पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’ उनले यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’