Logo
Logo

सुमनाले कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसदमा लफडा


3.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको शुन्य समयमा रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका हुन् । उनीहरुले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

शुन्य समयमा सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नंवर ६ मा पर्ने तारकेश्वर वडा नंवर ९ को लोकतान्त्रीक चोकमा रहेको किता नंवर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कव्जा गरेको आरोप लगाएका थिए । उनले स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको बताएका थिए ।

सांसद श्रेष्ठको आरोप पछि कांग्रेस सांसद राजेन्द्र केसीले उठेर आपत्ति जनाएका थिए । त्यसपछि आधा दर्जन कांग्रेस सांसदहरु उठेर श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए । सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताए । यस बिषयमा आएका बिवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरे ।

सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’

सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेका थिए । अहिले सभाुखले बैठक चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्