काठमाडौं । थापाथलीस्थित सडकमा मेलम्चीको पाइप फुटेको ठाउँमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ ।

गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । सोही ठाउँमा बुधबार दिउँसो नगरप्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो ।
मेलम्ची खानेपानी आयोजनाको लापरबाहीका कारण गाडी फसेको प्रहरिल जनाएको छ । उक्त ठाउँमा आज बिहान अन्य गाडीहरू पनि फसेका थिए ।