Logo
Logo

अशोक राई भन्छन्- लोकतन्त्रमा पूर्वराजाले आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन्


2.1k
Shares

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने टिप्पणी गरेका छन् ।

बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको बताएका हुन् ।

‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो’, उनले भने, ‘राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको विरोध गर्नु ठुलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको विरोध गर्नु अपराध हुँदैन । जनताको बिचमा जानुस् ।’

प्रतिक्रिया दिनुहोस्