Logo
Logo

उपत्यकाका ९० स्थानमा ट्राफिक जाँच, ड्रोनबाट निगरानी


315
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ । आज बिहानैदेखि फागु मनाउन सुरु भएसँगै फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायत ९० बढी स्थानमा प्रहरीले सवारीसाधन रोकेर चालकले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरे–नगरेको भनी जाँच गरिरहेको छ । साथै प्रहरीले फागु खेल्ने सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्