Logo
Logo

अख्तियारकै प्रहरी चार लाख घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ ।
अख्तियारमै घुस लेनदेन हुने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको बिशेष टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।

एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खतिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन ।
प्रमुख आयुक्त नवीन घिमिरेले आफ्नै कर्मचारीमाथि समेत निगरानी गर्न बिशेष टिम बनाएका छन् । सोही टिमले असई अधिकारीलाई पक्राउ गरेको हो । अख्तियारमा नौ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्