काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि संक्षिप्त सूचीमा पाँच जना छनोट भएका छन् । उनीहरुलाई चैत ६ गते अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ ।

सिइओको लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन् । संक्षिप्त सूचीमा झापाका चुडामणी चापागाई, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका छन् ।
यसअघि झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रविण अधिकारी, सिराहाका बिमल कुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, र डडेलधुरा मुकन्द राज जोशीले पनि आवेदन दिएका थिए ।
सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका ला्िग खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।











