काठमाडौं । दक्षिण अमेरिकामा शक्तिशाली आँधी आएको छ । आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । यो आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पु¥याएको छ । धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको छ ।
ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन । यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् ।
मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ । यी तीन राज्यबाहेक अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ । अहिले दक्षिणपूर्वमा पनि मौसम खराब रहेको समाचारमा उल्लेख छ ।
राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ । यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो ।











