Logo
Logo

घुससहित असई पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असार ।
नेपाल प्रहरीका असई घुुससहित रंगेहात पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको मोटरसाइकल छोड्न सेवाग्राहीसँग घुस लिँदालिँदै प्रहरी चौकी गौरीशङ्कर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास राय यादव पक्राउ परेका हुन् ।


असई यादवले भारतीय नम्बरको मोटरसाइकल समातेका थिए । पछि उक्त मोटरसाइकल छोड्नका लागि उनले रू ५ हजार घुस मागेका थिए ।
घुस लिँदालिँदै उनलाई रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्