Logo
Logo

किन भयो सशस्त्र प्रहरीका कार्यालयको नाम परिवर्तन ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ ।
सशस्त्र प्रहरीले आफ्ना कार्यालयको नाम पनि परिवर्तन गरेको छ । विगतमा विभिन्न मन्दिर तथा हिन्दु भगवानका नाममा बाहिनी, गण तथा गुल्मको नाम हुने गरेकोमा संशोधन गरी नम्बरका आधारमा राख्न थालिएको छ ।

हिन्दूधर्मका आलोचकले भने सशस्त्र प्रहरीका कार्यालयको नाम संशोधन गरेकोमा आपत्ति जनाएका छन् । तर, यससम्बन्धि टिप्पणीबाट आफूहरू अचम्ममा परेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । ‘सेनामा जस्तै युनिट सरुवा गर्ने सिस्टम सुरु गरिएको र नम्बरका आधारमा कार्यालयको नाम राख्न थालेका हौँ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यो अन्तर्रा्ष्ट्रिय प्रचलन नै हो, संगठनलाई फाइदा हुने देखेर नै यस्तो सिस्टम सुरु गरेका हौँ ।’

स्थानीय मन्दिरको नाममा गण–गुल्मको नाम रहने, तर त्यो कार्यालय नै अर्काे प्रदेशमा सरुवा हुँदा असान्दर्भिक हुने भएकाले नम्बरका आधारमा नाम राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्