
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन गर्ने भएका छन् ।
उनी आज बिहान ११ बजे काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न पाटन उच्च अदालत जाने भएका हुन् । सो मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले माघ ३ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछानेले स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा असहमति जनाएका छन् ।














