Logo
Logo

गाँजा कारोबारीसँग पैसा खाएको आरोपमा एसपी छानबिनमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ ।
गाँजा कारोबारीसँग सेटिङ मिलाएर पैसा खाएको आरोपमा सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादबमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । उनीविरुद्ध प्रमाण नै फेला पारेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।


प्रहरी मुख्यालयले छानबिन टिम नै बनाएर अध्ययन थालेको स्रोत बताउँछ ।
यसअघि राजमार्गमा गुड्ने सवारी साधनबाट समेत यादबले पैसा असुलेका थिए । जसमा प्रमाणसहित रिपोर्ट पेश हुँदा पनि नेताहरुको दबाबमा आईजिपीले उनको सरुवा गर्न सकेका थिएनन् ।
एसपी यादब डिएसपी हुँदा लागूऔषध कारोबारीसँग घुस लिएको घटनामा निलम्बनका परेका थिए । तर, नेताहरुलाई खुशी बनाएर उनले सधैं आकर्षक पोष्टिङ पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्