Logo
Logo

सहसचिव श्रेष्ठलाई सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २६ असार ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सहसचिव चन्द्रमान श्रेष्ठले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई बुधबार सफाइ दिएको हो ।


उनको एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ पुस ०७५ मा मुद्दा दायर गरेको थियो । श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत सम्पत्ति भेटिएको भन्दै उनीहरूविरुद्ध समेत मुद्दा दायर भएको थियो । तीनैजनालाई अदालतले सफाइ दिएको छ ।

विशेषका न्यायधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले सफाइ दिएको हो । प्रमाण नपुगेकाले सफाइको फैसला भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
लामो समय यातायात व्यवस्था विभागमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो । आयोगले आफन्तबाहेक अन्य व्यक्तिको नाममा उनले लुकाएको सम्पत्तिसमेत पत्ता लगाएर मुद्दा दायर गरेको थियो । अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्