Logo
Logo

चीनको ट्राभल एडभाइजरी : अमेरिका यात्रा गर्दा सावधानी अपनाउनु


693
Shares

काठमाडौं । अमेरिकासँगको बढ्दो व्यापारिक तनावको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा सम्भावित जोखिमको मूल्याङ्कन गर्न सुझाव दिइएको छ ।

यसमा अमेरिका–चीन सम्बन्धमा आएको चिसोपन र अमेरिकी आन्तरिक सुरक्षाको अवस्था कारणको रूपमा देखाइएको छ ।

चीनको शिक्षा मन्त्रालयले पनि अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सुरक्षा जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ । भन्सार शुल्कको विषयमा अमेरिका र चीनबीचको द्वन्द्व तीव्र बनेको छ । चीनले अमेरिकाबाट आयात हुने वस्तुमा ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ भने ट्रम्प प्रशासनले चिनियाँ वस्तुहरूमा १२५ प्रतिशत शुल्क लगाइसकेको छ ।

दुवै देशको कडा प्रतिक्रियाले व्यापार युद्ध झनै चर्किएको छ । चीनले छिमेकी राष्ट्रहरूसँग सहकार्य बढाउने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्