Logo
Logo

सैनिक जनरल ओलिगुइ एनगुएमा बने गाबोनको राष्ट्रपति


189
Shares

एजेन्सी । अफ्रिकी देश गाबोनको राष्ट्रपतिमा सैनिक जनरल ब्राइस ओलिगुइ एनगुएमा निर्वाचित भएका छन् । शनिबार भएको राष्ट्रपति निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत हासिल गरी ५० वर्षीय ओलिगुइ एनगुएमा राष्ट्रपति निर्वाचित भएका हुन् ।

जनरल ब्राइस ओलिगुइ एनगुएमाले सन् २०२३मा ‘कु’मार्फत झन्डै ६० वर्ष लामो राष्ट्रपति अली बोंगोको पारिवारिक शासनकालको अन्त्य गर्दै नेतृत्व हत्याएका थिए । बोंगोको परिवारले सन् १९६७ देखि गाबोनमा शासन चलाएका थिए ।

राष्ट्रपति अली बोंगोको शासनकाल समाप्त भएको लगभग दुई वर्षपछि जनरल एनगुएमाले शासन सत्तामा अझ बलियो पकड बनाएको बीबीसीले जनाएको छ । ओलिगुइ एनगुएमाले बोंगो शासनकालका पूर्वप्रधानमन्त्री एलेन क्लाउड बिली–बाइन्जे सहित अन्य सात उम्मेदवारहरूलाई पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्